सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font


सिन्धुली – बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

आज दिउँसो काठमाडाँैबाट मरिणतर्फ आउँदै गरेको बा४ख ३८९४ नम्बरको बसले सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज१०प ९२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुवेदीकाअनुसार बसको ठक्कर पछि गम्भीर घाइते भएका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ वितिजोरका स्कुटर चालक ३५ बर्षीय चन्द्र श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेको थियो ।

प्रहरीले बस चालक हरिहरपुरगढी गाउँपालिका–५ का राजकुमार माझीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ८ : १४ बजे

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ

आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार

कालिकोट – कालिकोटकी ११ वर्षीया प्रियंका विकले आठ वर्षपछि फेरि

दिमाग खराब : निर्देशक निश्चल एकाएक ‘भिलेन’

काठमाडौँ – अन्य आमव्यक्तिका कुरा छाडौँ, नेकपा एमालेका अध्यक्ष केपी

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका