राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस् « Khabarhub

राजेश हमालले भनेः राजनीतिक स्थिरताका लागि सचेत भएर भोट दिनुहोस्


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले सबै नेपालीलाई सुजबुज र सचेत भएर मतदान गर्न आग्रह गरेका छन् ।

बुधबार राति सामाजिक सञ्जाल मार्फत हमालले नेपालको भविष्य र राजनीतिक स्थिरताको महत्त्वपूर्ण पक्षलाई ध्यान दिएर मतदान गर्न आग्रह गरेका हुन् ।

उनी भने। ‘केही दिन यता विश्व नै राजनीतिक अस्थिरताले भरिएको छ। इरानमाथि गरिएको आक्रमणले मध्(पूर्व मात्र नभई सम्पूर्ण विश्वमा हलचल मच्चाएको छ। यसले नेपाललाई संवेदनशील र कमजोर अवस्थामा पुगेको छ। यो पृष्ठभूमिमा नेपाल चुनावतर्फ अघि बढ्दैछ।’

उनले भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको यो चुनाव संवेदनशील र चुनौतीपूर्ण रहेको बताएका छन् । हमालले भने, “भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको यो चुनाव मेरो लागि संवेदनशील र चुनौतीपूर्ण छ। हामी माझ हाम्रो छनोट पुराना र राजनीतिक हिसाबले परिपक्व दलहरूको छवि र नयाँ शक्ति भनिनेहरूको राजनीतिक अपरिपक्वता तथा दुरदर्शिता अझै स्पष्ट रूपमा नेपाली समुदायमा देखिएको छैन।”

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : ०७ बजे

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो