निर्वाचनमा उत्साह : बिहान एक घण्टामा क-कसले गरे मतदान (तस्बिरहरू) « Khabarhub

निर्वाचनमा उत्साह : बिहान एक घण्टामा क-कसले गरे मतदान (तस्बिरहरू)


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा एक घण्टा बित्दा धेरै उम्मेदवार तथा नेताहरूले उत्साहका साथ मतदान गरेका छन् । 

 उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

राप्रपा नेता तथा काठमाडौं -५ का उम्मेदवार कमल थापाले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं ४ विशाल मिलन केन्द्रमा मतदान गरेका छन् । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापाको क्षेत्र नम्बर १ मेचिनगर ९ स्थित कविशिरोमणी माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

गतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमपश्चिम पुगेर मतदान गरेका छन् ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुना नन्द नमूना माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरापलिका–१८, विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ट नेता बालेन्द्र शाहले पनि मतदान गरेका छन् । काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रमा पुगेर रविले बिहान सुरुमै मतदान गरेका हुन् । भने शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर मतदान गरेका हुन् ।

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको हो । देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुँदैछ। मतदानका लागि मतदाता बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनामनगर पुगेर मतदान गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : २२ बजे

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

काठमाडौँ – कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक

‘ओपीडी सेवा नखुम्च्याऔँ, नागरिकलाई आर्थिक बोझ नथपौँ’ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो