यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा « Khabarhub

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

‘संविधानलाई ‘ट्रयाक’मा ल्याउन यो निर्वाचन अनिवार्य थियो’


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन्।

मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताए ।

“संविधान ‘लिक’भन्दा बाहिर गइसकेपछि लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो । त्यसैले यो निर्वाचन संविधानलाई ‘ट्रयाक’मा ल्याउन अनिवार्य थियो”, उनले भने, “निर्वाचन हुने नहुने द्विविधाकाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।”

नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार हुन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : ०१ बजे

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

आज २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले