सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस् « Khabarhub

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका छन् । केही मतदाता हिँडेरै भोट हाल्न पुगेका छन् । केहीलाई भने सन्तान र आफन्तको सहारामा पनि मतदानस्थल लगियो ।

‘आफ्नो भोटले देश बन्छ’, ‘भोट हाल्दा खुसी लागेको’ जस्ता अभिव्यक्ति जेष्ठ नागरिकहरूबाट आएका छन् । आसन्न निर्वाचनमा जेष्ठ नागरिकदेखि जेन- उमेर समूहका सबैले उत्साहजनक उपस्थिति जनाएका छन् । जेष्ठ नागरिकहरूको सहभागिताले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र कर्तव्यबोधप्रति उच्च सम्मान देखिन्छ । 

बझाङको जयपृथ्वी नगरपालिका-२ स्थित बालविकास आवासीय विद्यालय मतदान केन्द्रमा १०५ वर्षीया जेष्ठ नागरिक जंगादेवी खड्काले मतदान गरेकी छन् । 

त्यसैगरी भोजपुर नगरपालिका–४ दावाँकी १०२ वर्षीया चन्द्रमाया खड्काले सिद्धेश्वर माध्यमिक विद्यालय दावाँबाट मतदान गरेकी छिन् । 

बूढानीलकण्ठ नगरपालिका–२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले आफूलाई खुशी लागेको बताएका छन् । 

उनले भने, ‘यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।’ 

स्याङजाको गल्याङ नगरपालिका–७ स्थित कालिका मतदान केन्द्रमा ९९ वर्षीय खेमप्रसाद सापकोटाले मतदान गरेका छन् । ‘मेरो भोटले देश बन्छ’ भन्दै उनले मत हालेका छन् । 

मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।

झापा १ को त्यही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन् । उनी छोरा र नातिको सहयोगमा मतदान गर्न आएकी थिइन् ।

तनहुँमा १०७ वर्षीय गणेशबहादुर रावतले मतदान गरेका छन् । शुक्लागण्डकी नगरपालिका–३  निवासी उनले निर्मल आधारभूत प्राथमिक विद्यालय पुगेर मतदान गरेका हुन् । मतदानपछि उनले मताधिकार प्रयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । 

उनलाई मतदानमा निर्वाचन कर्मचारीले सहयोग गरेका थिए । त्यस्तै, स्याङ्जामा पनि १११ वर्षीया वृद्धाले मतदान गरेकी छन् । उनलाई बोकेर मतदान केन्द्रसम्म पुर्‍याइएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ४ : ०९ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र