केराको फूल (बुङ्गो) मधुमेहका बिरामीका लागि फाइदाजनक « Khabarhub

केराको फूल (बुङ्गो) मधुमेहका बिरामीका लागि फाइदाजनक


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै बेला धनी र बुढाबुढीलाई लाग्ने रोकका रुपमा चिनिने मधुमेह आजकल सबै उमेर समूह तथा वर्गका मानिसमा तीव्ररुपमा बढीरहेको छ ।

नेपालमा मात्रै अहिले २५ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिर्वतनका कारण नेपालका सहरबजारमा मधुमेहका बिरामीको संख्या वृद्धि हुँदै गएको चिकित्सकहरुको भनाइ छ ।

मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या हो । यसलाई उचित आहारको सन्तुलन मिलाएर कम गर्न सकिन्छ । सरल जीवनशैलीसँगै व्यायाम, सन्तुलित भोजन र एन्टिआक्सिडन्टले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । यसको लागि धेरै मेडिकल र आयुर्वेदिक तरिकाहरु पनि छन् ।

केराको फूलले पनि मधुमेह बिरामीको रोग व्यवस्थापनको लागि उपयोगी मानिन्छ ।सन् २०११ मा गरिएको एक अध्ययनले केराको फूल र स्यूडोस्टेममा एंटी–डायबेटिक र एन्टि–एजीई गुणहरू पाइने पत्ता लगाएको छ ।

यो मधुमेह बिरामीको लागि फाइदाजनक हुने जनाइएको छ । केराको फूल र स्यूडोस्टेममा कम ग्लाइसेमिक सूचकांक र उच्च आहार फाइबर अनि एन्टिआक्सिडन्टहरू पाइन्छ ।

टाईप २ मधुमेह रोकथाम र नियन्त्रण गर्न खोज्ने व्यक्तिको लागि केराको समूहको अन्त्यमा झुण्डिएको आँसुको आकारको मरून वा बैजनी फूलहरू लाभकारी मानिन्छ । यसले शरीरको रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । यसलाई काँचै वा पकाएर खान सकिन्छ भने सलाद, करी वा सूपमा मुख्य रुपमा प्रयोग गरिन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १ : ०३ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी