केराको फूल (बुङ्गो) मधुमेहका बिरामीका लागि फाइदाजनक | Khabarhub Khabarhub

केराको फूल (बुङ्गो) मधुमेहका बिरामीका लागि फाइदाजनक


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै बेला धनी र बुढाबुढीलाई लाग्ने रोकका रुपमा चिनिने मधुमेह आजकल सबै उमेर समूह तथा वर्गका मानिसमा तीव्ररुपमा बढीरहेको छ ।

नेपालमा मात्रै अहिले २५ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान गरिएको छ । मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिर्वतनका कारण नेपालका सहरबजारमा मधुमेहका बिरामीको संख्या वृद्धि हुँदै गएको चिकित्सकहरुको भनाइ छ ।

मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या हो । यसलाई उचित आहारको सन्तुलन मिलाएर कम गर्न सकिन्छ । सरल जीवनशैलीसँगै व्यायाम, सन्तुलित भोजन र एन्टिआक्सिडन्टले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । यसको लागि धेरै मेडिकल र आयुर्वेदिक तरिकाहरु पनि छन् ।

केराको फूलले पनि मधुमेह बिरामीको रोग व्यवस्थापनको लागि उपयोगी मानिन्छ ।सन् २०११ मा गरिएको एक अध्ययनले केराको फूल र स्यूडोस्टेममा एंटी–डायबेटिक र एन्टि–एजीई गुणहरू पाइने पत्ता लगाएको छ ।

यो मधुमेह बिरामीको लागि फाइदाजनक हुने जनाइएको छ । केराको फूल र स्यूडोस्टेममा कम ग्लाइसेमिक सूचकांक र उच्च आहार फाइबर अनि एन्टिआक्सिडन्टहरू पाइन्छ ।

टाईप २ मधुमेह रोकथाम र नियन्त्रण गर्न खोज्ने व्यक्तिको लागि केराको समूहको अन्त्यमा झुण्डिएको आँसुको आकारको मरून वा बैजनी फूलहरू लाभकारी मानिन्छ । यसले शरीरको रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । यसलाई काँचै वा पकाएर खान सकिन्छ भने सलाद, करी वा सूपमा मुख्य रुपमा प्रयोग गरिन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १ : ०३ बजे

एनपीएलका लागि तयार हुँदैछ त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने

काठमाडौं- महोत्तरीको बर्दिबासस्थित पानस होटलबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका नेकपा

कांग्रेस बैठक : पार्टीको महाधिवेशनबारे फरक- फरक धारणा

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशन

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने 

काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६

निर्धारित समयमा निर्वाचन हुनुपर्ने अडानसहित ट्रेड युनियन कांग्रेसले बुझायो ज्ञापनपत्र

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित