पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै | Khabarhub Khabarhub

पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पर्यटकीय नगरी पोखरामा सञ्चालीत अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा– १७ रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय यतिखेर विशेषगरी विद्यार्थीसँगै आन्तरिक एवं बाह्य पर्यटकको अध्ययन अवलोकनको थलो बनेको छ ।

नेपाल पर्वतारोहण सङ्घद्वारा खरीद गरेको १ सय रोपनी जग्गामा निर्माण गरी एक दशकअघिदेखि सञ्चालनमा आएको सङ्ग्रहालयमा हालसम्म २२ लाख १२ हजार १५ जनाले टिकट काटेर अवलोकन गरेको सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालय खुला गरिएयता हालसम्म विद्यार्थी नौ लाख ३४ हजार, ६६७, सर्वसाधारण नेपाली सात लाख, २० हजार २३६, सार्कस्तरीय पर्यटक एक लाख ७८ हजार ३७, अन्य विदेशी राष्ट्रका दुई लाख ५५ हजार ५१६ जनाले टिकट काटेर अवलोकन गरेका छन् ।

वर्षमा ३६५ दिनै खुला रहने सङ्ग्रहालयले यस अवधिमा टिकट बिक्रीबाट मात्र कूल २० करोड ५९ लाख ४७ हजार ३२८ आम्दानी गरेको बताउँदै उनले बगैँचा र निःशुल्करुपमा अवलोकन गर्नेको सङ्ख्यासमेत उल्लेखनीय रहेको बताए । सङ्ग्रहालयमा विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा, सात हजार ५०० देखि सात हजार ९९९ उचाइसम्मका ४०, छ हजारदेखि छ हजार ९९९ सम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका बारेमा विस्तृत जानकारी लिन सकिने उनको भनाइ छ ।

साढे छ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ वटा उपकक्षमा विश्वका आठ हजारभन्दा अग्गा १४ वटा हिमाल र तीनमा आजसम्म भए गरेका गतिविधि प्रदर्शन गरिएको छ । यसमा आठ हजार भन्दाबढी उचाइका आठ वटा हिमचुचुरा नेपालमा पर्दछन् । हिमालको काँठमा बसोबास गर्ने स्थानीय बासिन्दाको सामाजिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री सङ्कलन गरी सङ्ग्रहालयको पर्वतीय मानव कक्षमा प्रदर्शन गरिएको निर्देशक गौतमले बताए ।

विश्वका पर्वत शृङ्खलाको उत्पत्ति, भौगर्भिक महत्व, सो स्थानमा पाइने वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शनी, जानकारीमूलक सामग्रीको अभिलेख पर्वतीय कक्षमा सङ्ग्रह गरिएको छ । सो कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार हरिध्वज तुलाचनले जानकारी दिए ।

सङ्ग्रहालयमा विभिन्न उपकरण सङ्कलनसहितको विविध सामग्रीको अभिलेख भण्डारणलाई निरन्तरता दिँदै आएको बताउँदै उनले विश्वका हिमाल र हिमाली क्षेत्रको गतिविधिका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि एउटै छानामुनि एकैथलोमा बसी अध्ययन अनुसन्धानको उत्तम थलोको रूपमा विकसित गर्ने बृहत् नेपसले लिएको छ । बिहान ८ देखि साँझ ५ बजेसम्म खुला रहने सङ्ग्रहालयमा यतिखेर विद्यार्थी रु ५०, नेपाली रु १००, सार्कस्तरीय रु २५० र बाह्य पर्यटकका लागि रु ५०० र बगैँचामा घुमफिरका लागि रु ३० टिकट दर कायम गरिएको छ ।

कूल रु १० करोडको लागतमा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय निर्माणका लागि नेपाल सरकारबाट रु ३० लाख, जापान एक करोड ४५ लाख ७८ हजार १११, कोरिया छ लाख ६९ हजार ३००, चीन तीन लाख ३६ हजार ७५०, भारत तीन लाख २० हाजर, स्पेन ३७ लाख सहयोग प्राप्त भएको छ भने स्वदेशी र विदेशी मुलुकका विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट लगभग चार करोड र बाँकी नेपाल पर्वतारोहण सङ्घले व्यहोरेको थियो ।

सङ्ग्रहालय भवनको अगाडिको भागमा निर्माण गरिएको मनासलु हिमालको मोडल र याकको मूर्ति अहिले सो स्थानमा पुग्ने जुनसुकै उमेरका अवलोकनकर्ताका लागि पनि थप आकर्षण बनेको छ । परिसरमा रहेको ३१ मिटर अग्लो नमूना हिमाल, माउन्टेन क्लाइम्बिङ बाल, पोखरा तथा चट्टानी बगैँचा, नेपाली घरको आकर्षण नमूनालगायतले जो कोहीलाई लोभ्याउने गरेको नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाका पूर्वअध्यक्ष जीवन सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  २ : ०७ बजे

सरोकारवाला भन्छन् : मुहानबाटै बागमतीको सफाइ गर्नुपर्छ

काठमाडाैं – बागमती नदीको मुहानस्थलमै फोहर बढ्न थालेकाले तलमात्र सफाइ

आजका समाचार : प्रधानमन्त्री ओली न्युयोर्कमा, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा प्रचण्डको जोड

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक :

गुणस्तरीय पानी आपूर्तिलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं– चेल्सीले इङ्लिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)

काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको