म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा « Khabarhub

म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले म्यानमारसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक योहान कालिनले शनिबार मैत्रीपूर्ण खेलका लागि २३ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत कुवेत विरुद्धको खेल अगाडी नेपालले म्यानमार विरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको हो ।

छानिएका २३ जना खेलाडीको सूचीमा तीन जना नयाँ खेलाडीलाई समावेश गरिएको छ । जसमा चार महिना टिममा नरहेका भरत खवाससँगै सुवास गुरुङ र मिक्चन तामाङले मौका दिइएको छ । यसका साथै गोलकिपर एलेन न्यौपानेले पनि टिममा मौका पाएका छन ।

नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र रोहित चन्द क्लव फुटबलका कारण म्यानमार विरुद्धको खेल गुमाउनेछन । यसकासाथै मिडफिल्डर विशाल राइले चोटका कारण टिममा छैनन् भने पूर्व कप्तान विराज महर्जनलाइ समावेश गरिएको छैन । नेपालले नोभेम्बर सात तारिखमा मैत्रीपुर्ण खेल खेल्नेछ ।

म्यानमार विरुद्धको स्क्वाड यस्तो छ

गोलकिपरः विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्योपाने

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डरः सुनील बल, रवी पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ

फरवार्डः भरत खवास, विमल घर्तिमगर, अविशेख रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  २ : १९ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित