तनहुँ, १ मा रास्वपाको अग्रता कायमै « Khabarhub

तनहुँ, १ मा रास्वपाको अग्रता कायमै


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान १२ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा स्वर्णिम वाग्लेले दुई हजार ९२८ मत प्राप्त गरेका छन् । 

यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन् । 

यस क्षेत्रमा देवघाट गाउँपालिकाको छ हजार ५६६ मतगणना भएकामा छ हजार २३४ मत सदर भएको छ । यस क्षेत्रमा कुल एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो । 

यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १६ जना प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : १३ बजे

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.

यस्तो पोर्चुगलको टोली, रोनाल्डोले ६ पटक विश्वकप खेल्दा कोको परे ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकपका लागि पोर्चुगलको टोली