दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित « Khabarhub

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठक निर्वाचित भएका छन् । उनले ४२ हजार ६०२ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

चौधरीले १५ हजार २८० मत प्राप्त गरेका छन्। यससँगै रास्वपाका पाठकले कांग्रेसका प्रभावशाली नेता चौधरीलाई झण्डै दोब्बर मतान्तरले हराउँदै विजय हासिल गरेका हुन् ।

यस निर्वाचन क्षेत्रमा नेकपाका मेटमणि चौधरीले १४ हजार ९६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ६ हजार ८२५ मत प्राप्त गरेका छन् ।

दाङ–१ मा रास्वपाका पाठकको स्पष्ट अग्रता र जितले उक्त क्षेत्रमा पार्टीको बलियो उपस्थितिलाई पुष्टि गरेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ११ : ०५ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा