लैङ्गिक समानतालाई सुदृढ बनाउन हातेमालो आवश्यक : प्रधानमन्त्री कार्की « Khabarhub

लैङ्गिक समानतालाई सुदृढ बनाउन हातेमालो आवश्यक : प्रधानमन्त्री कार्की


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गरेकी छिन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र नेतृत्व तहमा सार्थक सहभागिताबाट वञ्चित भएको उल्लेख गरेकी छिन् ।

प्रधानमन्त्रीले भनिन्, ‘उनीहरुलाई अझै विश्वास गरिहाल्ने र ? भन्ने मनोविज्ञान ज्युँ का त्यूँ छ । हिजो चुलाचौकामा बेहोरेको विभेद्को नयाँ स्वरुप आज कार्यस्थलमा छ ।’ अब हाम्रो लक्ष्य केवल सहभागिता बढाउने मात्र होइन, अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

उनले समाजमा पछि परेको, विकासको मूलधारबाट वञ्चित समुदायका महिला अझै बढी प्रताडित भएको पनि उल्लेख गरेकी छन् । उनले विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका महिला तथा सीमान्तकृत समुदायका महिलाको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिविम्बित हुन आवश्यक रहेको बताएकी छिन् ।

प्रधानमन्त्री कार्कीले समानता, सशक्तीकरण र सामाजिक न्यायको आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक दायित्व भएको र त्यो दायित्व राज्यको मात्र नभइ राजनीतिक दलहरू, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगत, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदारको साझा जिम्मेवारी भएको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ११ : ५३ बजे

देउवालाई नैतिकताको पाठ पढाउने गगन अब के गर्लान् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता,

एमालेको इतिहासमै लज्जास्पद नतिजा : प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित

काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले

सङ्खुवासभामा एमालेको अग्रता, रास्वपा पछ्याउँदै

किमाथाङ्का (सङ्खुवासभा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीको

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी