१० क्षेत्रको नतिजा बाँकी रहँदा रास्वपा ६ स्थानमा अगाडि, समानुपातिकमा २१ लाख मत कटायो « Khabarhub

१० क्षेत्रको नतिजा बाँकी रहँदा रास्वपा ६ स्थानमा अगाडि, समानुपातिकमा २१ लाख मत कटायो


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनअन्तर्गत १६५ मध्ये १५५ क्षेत्रको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी सिट जितेको छ ।

११९ क्षेत्रमा विजय हासिल गरेको यो पार्टीले १० क्षेत्रको मतगणना बाँकी रहँदा हालसम्म ६ क्षेत्रमा अग्रता कायम गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ २१ लाख ४८,१३० मत ल्याएको छ । २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४,२४५ मत ल्याएको थियो । नेपाली कांग्रेसले समानुपातिकमा ७ लाख ३४,६५१ मत ल्याएर दोस्रो स्थानमा रहँदा प्रत्यक्षमा १७ सिट जितेको छ ।

प्रत्यक्षतर्फ ७ सिट जितेको एमालेले तीन क्षेत्रमा अग्रता कायम गरेको छ । एमालेले ६ लाख २५,३७५ मत ल्याएर समानुपातिकमा तेस्रो भएको छ ।

हाालसम्म ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले एक क्षेत्रमा अग्रता लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकमा दुई लाख ९०,९३७ मत ल्याएको छ ।

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले तीन ठाउँमा जित्दा समानुपातिकमा ९९ हजार ४११ मत ल्याएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : १७ बजे

अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी मुद्दा खारेज

न्युयोर्क– भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी तथा

अवैध नदी उत्खनन गर्नेहरू प्रहरी नियन्त्रणमा

मुस्ताङ– कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरूले

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही– सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते