लैङ्गिक समानतामूलक राष्ट्र निर्माण आजको आवश्यकता : मन्त्री श्रेष्ठ « Khabarhub

लैङ्गिक समानतामूलक राष्ट्र निर्माण आजको आवश्यकता : मन्त्री श्रेष्ठ


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिलाको हक अधिकार सुनिश्चित गर्दै लैङ्गिक समानतामूलक राष्ट्र निर्माणको यात्रामा अघि बढ्नु आजको आवश्यकता रहेको बताएकी छिन् ।

आज ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लैङ्गिक समानता र महिला सशक्तिकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया र राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्नेमा उनले जोड दिइन् ।

महिलाका अधिकार स्थापित गर्ने विषयसहित सुरु भएको महिला आन्दोलनले विभिन्न आरोह-अवरोह पार गर्दै ‘सबै महिला र बालिकाको अधिकार, न्याय र कार्यसहितको अवसर’ दिवस मनाइएको उनको भनाइ छ ।

‘महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिहरूलाई स्मरण गर्दै महिलाहरूलाई सम्मान, निर्णय प्रक्रियामा पहुँचको विस्तार, महिला सशक्तीकरण अभिवृद्धि, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउदै लैङ्गिक समानता कायम गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ’, शुभकामना सन्देशमा भनिएको छ ।

उनले नेपालको संविधानको धारा–३८ मा महिलामाथि हुने अत्याचार, शोषण, दमण र हिंसा जस्ता लैंगिक विभेद र अमानवीय व्यवहारहरु अन्त्य गरी पुरुष र महिलाबीच समानाताको प्रत्याभूति गर्न महिलाको हक सुनिश्चित गरेको उल्लेख गरिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ५ : २३ बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार