सुनसरी–२ मा रास्वपाका थापा विजयी « Khabarhub

सुनसरी–२ मा रास्वपाका थापा विजयी


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धरान (सुनसरी)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा विजयी भएका छन् । थापा ५७ हजार ३४८ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुजन लामाले आठ हजार ३०३ मत तथा श्रम संस्कृति पार्टीका चेतन राईले सात हजार ४८४ मत प्राप्त गरे ।

यस क्षेत्रमा विभिन्न १९ दल र स्वतन्त्रका नौसहित २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । इटहरी, इनरुवा, देवान्गञ्ज, राधुनी, हरिनगरा गरी ३० वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ९१० मतदाता रहेकामा एक लाख एक हजार चार मत खसेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ६ : २४ बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार