लेबनानमा इजरायलको हवाई आक्रमण : १५ जनाको मृत्यु, १५ घाइते « Khabarhub

लेबनानमा इजरायलको हवाई आक्रमण : १५ जनाको मृत्यु, १५ घाइते


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लेबनानमा शनिबार राति इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । आक्रमणको मुख्य निशाना राजधानी बेइरुतस्थित एक होटल बनेको थियो, जहाँ युद्धका कारण विस्थापित भएका मानिसहरू बसिरहेका थिए ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार उक्त होटलमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ । त्यसैगरी जबल अल बतूम र कफ्र रुम्मान शहरमा गरिएको आक्रमणमा पाँच जनाले ज्यान गुमाएका छन् ।

लेबनान स्वास्थ्य मन्त्रालयका अनुसार देशका अन्य धेरै स्थानमा पनि इजरायली हवाई आक्रमण भएको ।यसबीच हिजबुल्लाहले आक्रमणको जवाफ दिएको दाबी गरेको छ।

इरान समर्थित उक्त समूहले आफ्ना लडाकुहरूले अल‑मलिकिया सैन्य ठिकानामा रहेका इजरायली सैनिकलाई रकेट आक्रमण गरेको जनाएको छ । हिजबुल्लाहले उत्तरी इजरायलको किरयात शमोना शहरमा ‘कामिकाजे ड्रोन’ प्रयोग गरेर आक्रमण गरेको दाबी समेत गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ९ : ३९ बजे

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका

महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

जलेश्वर–  ‘जेन-जी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको