भक्तपुरमा समानुपातिकतर्फ रास्वपा पहिलो « Khabarhub

भक्तपुरमा समानुपातिकतर्फ रास्वपा पहिलो


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । भक्तपुर क्षेत्र नं १ मा ४२ हजार ४४० र क्षेत्र नं २ मा ४३ हजार ३३२ गरी कूल ८५ हजार ७७२ मत गणना गरिएको हो ।

मत परिणामअनुसार समानुपातिकतर्फ क्षेत्र नं १ मा रास्वपा ४२ हजार ४४० मत ल्याएर पहिलो बनेको छ । नेमकिपाले २० हजार २२९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिए ।

यस्तै नेपाली कांग्रेसले ४ हजार ४०३, नेकपा (एमाले)ले ३ हजार ४६१, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एक हजार १३६, राप्रपाले २ हजार ९८४, राष्ट्रिय परिवर्तन पार्टीले ८९४ तथा श्रम संस्कृति पार्टीले ५५० मत प्राप्त गरेको छ ।

यस्तै भक्तपुर क्षेत्र नं २ मा पनि समानुपातिक तर्फको मतगणना सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३३२ मत ल्याएको मतदान अधिकृत राधिका सुवालले जानकारी दिए । यस्तै नेपाली कांग्रेसले ८ हजार ७७८, नेकपा (एमाले)ले ८ हजार ३९०, नेमकिपाले ३ हजार ५२१, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एक हजार ९३०, राप्रपाले २ हजार ८३२ तथा श्रम संस्कृति पार्टीले एक हजार ७५ मत प्राप्त गरेका छन् ।

भक्तपुर क्षेत्र नं १ मा कूल एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ मत खसेको थियो भने क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसको सूचना अधिकारी भीम बिसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १० : ३६ बजे

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको