नुवाकोट-१ मा रास्वपाका विक्रमले तोडे कांग्रेसका महत परिवारको किल्ला « Khabarhub

नुवाकोट-१ मा रास्वपाका विक्रमले तोडे कांग्रेसका महत परिवारको किल्ला


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमिल्सिना विजयी भएका छन्।

रास्वपाका तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन्।

रास्वपाका विक्रमको यो जितसँगै नुवाकोटमा कांग्रेस परिवार डा. रामशरण महत र भाइ डा. प्रकाशशरण महतको किल्ला तोडिएको छ । यो क्षेत्रले नयाँ डाक्टर विक्रम तिमल्सिना पाएको हो ।

यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३७७ मत पाउँदा नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले आठ हजार ९३२ मत ल्याएका छन्। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका उम्मेदवार अमित तामाङले दुई हजार ६३ मत प्राप्त गरे ।

नुवाकोट–१ मा १८ जना उम्मेदवार रहेकामा बाँकी सबैले एक हजारभन्दा कम मत ल्याएका छन् । राप्रपाका बिमला थापाले ७५६, श्रम संस्कृति पार्टीका दावा फेन्जु लामाले २८८, मङ्गोल नेशनल अर्गनाइजेशनका कुमार राना मगरले १५९, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०का महेन्द्र तामाङ १५६ र प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतमले ८८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका रबिन्द्र डङ्गोलले ५०, जनता समाजवादी पार्टीका होमबहादुर राईले २४ र मितेरी पार्टी नेपालका बिवेक सिलवालले ६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवारहरु संजिव गुरुङले ६३, राजु थापा ४९ र चेपे तामाङले १४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : १५ बजे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री