इलामका दुवै क्षेत्रबाट आए ४० वर्षमुनिका ‘माननीय’ « Khabarhub

इलामका दुवै क्षेत्रबाट आए ४० वर्षमुनिका ‘माननीय’


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूर्योदयको जिल्ला इलामका दुईवटै निर्वाचन क्षेत्रबाट युवा उम्मेदवारहरूले जित निकालेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका युवा उम्मेदवारहहरूले जित्दा इलामबासीमा उत्साहको सञ्चार भएको छ।

क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका ३५ वर्षीय निस्कल राईले जित निकाल्दा क्षेत्र नम्बर २ बाट ३६ वर्षीय सुहाङ नेम्बाङ विजयी भए । नेम्बाङले यसअघिको उपनिर्वाचन पनि आफ्नो पक्षमा पारेका थिए ।

निस्ललले निकटम् प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका ३७ वर्षीय विनोद नेम्बाङ लिम्बुलाई एक हजार बढी मतान्तरले हराएका छन्। निस्कलको मत १४,५४३ हुँदा लिम्बूको महत्व १३ हजार ६२२ रह्यो ।

प्राध्यापन पेशा छोडेर राजनीतिमा होमिएका निस्कल ३५ वर्षका छन् । २०७९ मा इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट महेश बस्नेत विजयी भएका थिए।

२२ महिनामा दोस्रोपटक निर्वाचित भएका सुहाङ नेम्बाङ संविधान सभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा हुन् ।

पेशाले वकिल उनी ३६ वर्षका छन्। इलाम क्षेत्र नम्बर २ बाट दोस्रो पटक विजयी उनले २२ हजार ४२६ मत ल्याए। उनका निकटतम् प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका भेषराज आचार्यले १४,६५० मत ल्याए।

सुहाङले १५ वैशाख २०८१ मा भएको उपनिर्वाचनमा २७ हजार ७७२ मत प्राप्त गरेर जितेका थिए । त्यसबेला नेपाली कांग्रेसका डम्बर खड्कालाई उनले पराजित गरे । उपनिर्वाचनमा खड्काले त्यसबेला २१ हजार ४४२ मत ल्याए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ३७ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो