अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन « Khabarhub

अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वाशिङ्गटनले टर्कीएको अदाना शहर नजिकै रहेको वाणिज्य दूतावासबाट अतिआवश्यक बाहेकका कर्मचारीहरूलाई त्यहाँबाट बाहिर जान सल्लाह दिएको अंकारास्थित अमेरिकी दूतावासले जानकारी गराएको छ। 

वाशिङ्टनले अमेरिकी नागरिकहरूलाई पनि ‘दक्षिणपूर्वी टर्कीए’ छोड्न आदेश दिएको दूतावासले जनाएको छ ।फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमण सुरु भएयता इरानले त्यसको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ ।

टर्कीएका कैयौँ सैनिक शिविरमा अमेरिकी सेना तैनाथ भए पनि अहिलेसम्म यहाँ आक्रमण भएको छैन । 

अदाना शहरबाट केवल १० किलोमिटर टाढा रहेको इन्सर्लिक हवाइ अड्डामा नेटो सेनाका लागि महत्त्वपूर्ण सुविधा रहेको छ र यो दशकौँदेखि अमेरिकी सेनाले प्रयोग गर्दै आएको छ जुन अदाना शहरबाट केवल १० किलोमिटर टाढा छ ।

‘विदेश मन्त्रालयले गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारी र अमेरिकी सरकारी कर्मचारी परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमको कारण सन् २०२६ मार्च ९ पछि वाणिज्य दूतावास छोड्न आदेश दिएको छ,’ दूतावासले एक्समा जारी विज्ञप्तिमा भनिएको छ। 

मन्त्रालयले यात्रा सुझाबलाई उद्धृत गर्दै भनेको छ, ‘दक्षिणपूर्वी टर्कीमा अमेरिकीहरूलाई उक्त क्षेत्रबाट बाहिर निस्कन सूचना जारी गरिएको छ।’ 

बुधबार नेटोका सैनिकहरूले इरानबाट टर्कीतर्फ जाँदै गरेको ब्यालेस्टिक क्षेप्यास्त्र रोकेका थिए । त्यसपछि नेटोले इरानले यस क्षेत्रमा आक्रमण बढाएसँगै उसले आफ्नो ‘ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणाली’ लाई बलियो बनाएको बताएको छ ।

अङ्कारास्थित टर्कीएको रक्षा मन्त्रालयले नेटोको रक्षा प्रणालीले इरानबाट प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्रलाई रोकेको र निष्क्रिय पारेको बताएको छ ।

स्पेनका रक्षामन्त्री मार्गरिटा रोबल्सले इन्सर्लिकमा रहेको प्याट्रियोट क्षेप्यास्त्रको ब्याट्री प्रयोग गरिरहेको स्पेनी सैनिकले उक्त क्षेप्यास्त्र देखेको बताए। 

उनले भने, ‘उनीहरूले ‘मिसाइल आक्रमण भएको पहिचान गरेका र यसबारे जानकारी गराएका थिए । यद्यपि उनीहरूले यसलाई गोली हानेका थिएनन्।’

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : ३० बजे

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम– माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् ।

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने