रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई « Khabarhub

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई सोमबार फोन गरेर बधाई दिएका छन् ।

रास्वपाले फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्ष १२५ सहित दुईतिहाइ बहुमत पक्का गर्नै लाग्दा मोदीले सभापति लामिछाने र वरिष्ठ नेता साहसँग टेलिफोन वार्ता गरेको जानकारी दिएका हुन् ।

रास्वपाबाट फागुन २१ को निर्वाचनपछि बालेन्द्र प्रधानमन्त्री हुने सहमति गत पुस १३ गते नै भइसकेको छ । निर्वाचनपछि प्रत्यक्ष र समानुपातिकको परिणाम अन्तिम चरणमा पुगिरहँदा दुवै नेतासँग मोदीले संवाद गरेका हुन् ।

उनले यो चुनावमा भएको ऐतिहासिक जितप्रति दुवैजनालाई बधाई दिएको पनि जानकारी गराएका छन् ।

सोमबार एक्स (ट्विटर) मार्फत उनले टेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका हुन्। मोदीले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।

उनले दुवै देशको संयुक्त प्रयासमार्फत् आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरेका छन्। मोदीले यसअघि फागुन २१ को निर्वाचन सफलतापूर्वक गराएकोमा सरकार र नेपाली जनतालाई बधाई दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ९ : २९ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम