प्रभु बैंकले बोलायो साधारणसभा, विभिन्न १२ वटा प्रस्तावमाथि छलफल हुने « Khabarhub

प्रभु बैंकले बोलायो साधारणसभा, विभिन्न १२ वटा प्रस्तावमाथि छलफल हुने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मंसिर ६ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

साधारणसभामा ५ वटा सामान्य प्रस्ताव र ७ वटा विशेष प्रस्ताव पेश हुने बैंकले जनाएको छ । सभामा लाभांश सहितका कूल १२ प्रस्ताव पेश हुनेछन् ।

बैंकको असोज १७ गते बसेको १६० औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

बैंकले १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको थियो। साधारणसभाले प्रस्ताव पारित गरेपछि लगानीकर्ताहरुलाई लाभांश वितरण गरिनेछ ।

साधारणसभामा संस्था र साधारण शेयर स्वामित्व परिवर्तन गरेर ५१:४९ कायम गर्ने, संचालकको संख्या संशोधन गर्ने, ब्रोकर समबन्धि सेवा दिन सहायक कम्पनी स्थापना गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने प्रक्रिया शुरु गर्न संचालक समितिलाई अख्तियारी दिने, वार्षिक प्रतिवेदन पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि लागि कार्तिक २६ गते देखि बुक क्लोज गर्ने भएको छ । कार्तिक २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल बैंकको चुक्तापुंजी ८ अर्ब ८९ करोड २६ लाख छ। १६ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी १० अर्ब ३१ करोड पुग्नेछ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ५७ बजे

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा

सरकारले भन्यो : सहकारीपीडितको रकम फिर्ता गर्ने कानुन बनाउन अध्यादेश सिफारिस

काठमाडौँ । सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि,

अस्पतालमा भिडभाड गर्न, फोटो खिच्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा अनावश्यक भिडभाड

मनाङमा यार्सागुम्बा सङ्कलन सुरु

मनाङ – औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो