लज्जास्पद हारपछि पनि विष्णु रिमालको जिकिर : एमाले फेरि धुलो टक्टक्याउँदै उठ्नेछ « Khabarhub

लज्जास्पद हारपछि पनि विष्णु रिमालको जिकिर : एमाले फेरि धुलो टक्टक्याउँदै उठ्नेछ


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिमालले पार्टी फेरि पनि धुलो टक्टकाउँदै दृढतासहित उठ्ने दाबी गरेका छन् ।

फागुन २१ को चुनावमा केबल ९ सिटमा खुम्चिएको एमाले फेरि उठ्ने जिकिर अध्यक्ष केपी शर्मा ओलीनिकट रिमालले गरेका हुन् ।

एमालेका विजयी सांसदहरूलाई बधाई दिँदै रिमालले यस्तो बताएका हुन्। यो चुनाव अन्तिम नभएको बताएका उनले संखुवासभाको परिणाम यस निर्वाचनको अन्तिम परिणाम मात्रै भएको जिकिर गरेका छन्। 

एउटा लडाइँमा भएको हार समग्र युद्धको पराजय मान्न नसकिने उनले बताए । ‘यो चुनाव अन्तिम होइन। संखुवासभाको परिणाम यसपटकको निर्वाचनको अन्तिम परिणाम मात्र हो,’ रिमालले लेखेका छन्, ‘एउटा लडाइँमा भएको हार समग्र युद्धमा पराजय हुँदैन। एमाले फेरि पनि धुलो टक्टकाउँदै दृढताका साथ उठ्नेछ।’

विभिन्न चुनौतीहरूबी एमाले उम्मेदवारहरूले हासिल गरेको सफलता गर्विलो रहेको उनले बताए । ‘सूर्यध्वजावाहक उम्मेदवारसहित प्रतिनिधिसभा निर्वाचनमा विजयी सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’, उनले भनेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ७ : २३ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई