जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’ « Khabarhub

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ ।

जङ्गली जनावर अतिप्रभावित तीन वडामा ‘मेसवायर’ तारजाली लगाउन सुरु गरिएको हो ।

नगरपाालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नम्बर १ मा दुई हजार ९०० मिटर, वडा नम्बर ९ मा दुई हजार ५०० मिटर र वडा नम्बर १२ मा ४०० मिटर गरी पाँच हजार ८०० मिटर मेसवायर लगाउन सुरु गरिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्र नजिकका सामुदायिक वन क्षेत्राट स्थानीय किसानका खेतमा पस्ने जङ्गली हात्ती, चित्तल, बँदेल, नीलगाईलगायत जनावरलाई रोक्न मेसवायर लगाइएको हो ।

गत आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश सरकारको अनुदान ७५ लाख र नगरपालिकाको ७५ लाख खर्चेर नगरपालिकाको वडा नम्बर ८ र १२ मा ५.८८ किलोमिटर मेसवायर लगाइएको थियो ।

मेसवायर लगाइएसँगै वन्यजन्तु प्रभावित क्षेत्रमा राति प्रकाशको व्यवस्था गर्न नगरपालिकाले ३५ लाखको लागतमा ३० स्थानमा सौर्यबत्ती जडान थालेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ११ : १३ बजे

इरानले अब गुगल, माइक्रोसफ्टजस्ता कम्पनीलाई पनि निशाना बनाउने

काठमाडौं- इरानले अब मध्यपूर्वमा रहेका अमेरिकी प्रविधि कम्पनीलाई पनि निशाना

समानुपातिक तर्फको मतगणना सम्पन्न : निर्वाचन आयोग

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको

गगन थापा हराएको सूचना !

स्वर्गको गेटमा ठूलो भीड थियो । धर्मराज हातमा रजिस्टर लिएर

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री