जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु « Khabarhub

जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन् । सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापन गरी सञ्चालनमा ल्याएका थिए । पछि उक्त चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो । 

चिडियाखाना प्रशासनका अनुसार यहाँ रहेका जीवजन्तुमा नयाँ जन्मिने, मर्ने तथा जङ्गलबाट उद्धार गरेर ल्याइने गरेकाले सङ्ख्या घटबढ हुने गरेको छ ।

यहाँ सबैभन्दा लामो आयु भएको जनावर ७६ वर्षको ‘पवनकली’ नामक हात्ती रहेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए । उनका अनुसार हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ ।

चिडियाखानामा रहेका चार वटा बाघमध्ये सबैभन्दा बढी उमेरको १५ वर्षको ‘बगौरा’ रहेको कोइरालाले जानकारी दिए । उनका अनुसार तीन वटा गैँडामध्ये सबैभन्दा बढी उमेरको १४ वर्षको ‘बाङ्गे’ छ भने अन्य जीवजन्तु विभिन्न उमेर समूहका रहेका छन् ।

कम आयु भएका जीवमा मुसा पर्दछन् । मुसाको औसत आयु पाँचदेखि छ वर्षसम्म हुने सूचना अधिकारी कोइरालाले जानकारी दिए । चिडियाखानामा मुसा र खरायोजस्ता साना जनावर उत्पादन गरी हप्तामा एकपटक अजिङ्गरलाई आहाराका रूपमा दिने गरिएको उनले बताए ।

उनका अनुसार अजिङ्गरलाई कहिलेकाहीँ प्राकृतिक (टेस्ट) आहारा दिनुपर्ने भएकाले चिडियाखानामा उत्पादन भएका मुसा र खरायो दिने गरिन्छ । सोही कारणले जीवजन्तुको सङ्ख्यामा केही तलमाथि देखिने गर्दछ । यहाँ रहेका जीवजन्तु बिरामी परेको थाहा पाएपछि उनीहरूलाई छुट्टै क्वारेन्टाइनमा राखेर चिकित्सकहरूले उपचार गर्ने व्यवस्था गरिएको छ । 

केही जीवजन्तुले प्रजनन गरे पनि धेरैजसो जनावरले बसोबास गर्ने वातावरण पूर्ण रूपमा उपयुक्त नहुँदा प्रजनन कम हुने गरेको चिडियाखाना प्रशासनले जनाएको छ । प्राकृतिक रूपमा जङ्गलको वातावरण उनीहरूका लागि प्रजननका लागि बढी अनुकूल हुने बताइएको छ । रासस

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १२ : ०७ बजे

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनलगायत विषयमा छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो