फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ « Khabarhub

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम दाबी गर्ने प्रकरणमा ट्रेकिङ कम्पनीका एकजना सञ्चालक बुधबार पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा हुने ‘फेक रेस्क्यु’ प्रकरणमा संलग्न रहेको आरोपमा पासाङ शेर्पालाई पक्राउ गरेको हो ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ घर भएका ५० वर्षीय शेर्पा पानोरमा हिमालय ट्रेकिङ एन्ड एक्सपिडिशन प्रालिका सञ्चालक हुन्।

प्रहरीका अनुसार नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्या भएको देखाएर विदेशी पर्यटकलाई उद्धार गरेको भन्दै बीमा रकम दाबी गर्ने गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ।

यस प्रकरणमा केही रेस्क्यु फ्लाइट सञ्चालन गर्ने कम्पनीहरूले अभिलेखमा हेरफेर गरी यात्रु तथा कार्गो विवरण फरक बनाउने, त्यसअनुसार बिल तयार गर्ने र उद्धार गरिएको भनिएका पर्यटकलाई काठमाडौंका अस्पतालमा उपचार गराएको देखाउने कागजात तयार गर्ने गरेको खुलेको छ।

त्यसपछि ती कागजातका आधारमा बीमा कम्पनीसँग ठूलो रकम दाबी गरी आर्थिक लाभ लिने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यस घटनाका कारण अन्तर्राष्ट्रिय सञ्चार माध्यममा ‘अ स्क्याम अन द रुफ अफ दि वर्ल्ड’ तथा ‘स्टप प्रोभाइडिङ कभर टु टुरिस्ट ट्राभेलिङ टु नेपाल’ जस्ता शीर्षकमा समाचार प्रकाशित हुँदा देशकै बेइज्जत भएको छ। जसले नेपालको पर्यटन छविमा नकारात्मक असर पारेपछि प्रहरीले गम्भीर भएर अनुसन्धान थालेको हो।

सन् २०२५ मा दुई विदेशी नागरिकले सगरमाथा बेस क्याम्प ट्रेकिङका क्रममा आफ्नो अनुमतिबिना हेलिकप्टर बोलाएर काठमाडौं ल्याइएको खुलेको छ। उनीहरूलाई अस्पतालमा भर्ना गराई बीमा दाबी गरिएको भन्दै अनलाइन माध्यमबाट उजुरी आएका थिए। तिनै उजुरीका आधारमा अनुसन्धान सुरू गरिएको हो।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, विदेशी बीमा कम्पनीका नेपालस्थित एजेन्ट र हेलिकप्टर कम्पनीका शेयरधनी तथा सञ्चालक गरी १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकरणबारे थप अनुसन्धान जारी रहेको प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ६ : १७ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६