इनिसाको न्यायका लागि बोले कलाकार « Khabarhub

इनिसाको न्यायका लागि बोले कलाकार


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका लागि दबाब कम भएको भन्दै सामाजिक सञ्जालमा कुरा उठ्न थालेपछि कलाकारहरू पनि बाल्न थालेका छन् ।

१६ वर्षीया इनिसाका बलात्कारी र हत्यारालाई छिटो कानुनी दायरामा ल्याउन माग दबाब दिन उनीहरू सामाजिक सञ्जालमा सक्रिय भएका हुन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका स्थायी घर भएकी इनिसा पढ्नका लागि वीरेन्द्रनगर बस्दै आएकी थिइन् ।

फागुन २३ शनिबार ट्युसन पढ्न गएकी ११ कक्षामा अध्ययनरत उनी बेपत्ता भएकी थिइन् । पछि उनको शव वीरेन्द्रनगर ४ सहिद पार्क नजिकको जंगलमा भेटिएको थियो ।

अहिलेसम्म परिवारले इनिसाको शव बुझन् मानेको छैन ।

सोहीकारण अनुसन्धानमा ढिलाइ भएको भन्दै सामाजिक सञ्जालमा दबाब सुरु भएको हो । तथापि, प्रहरीले आफ्नोतर्फबाट प्रभावकारी रुपमा अनुसन्धान भइरहेको बताएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ वर्षभन्दा कम उमेरका चार जनालाई पक्राउ गरेको छ ।

इनिसाको बलाकात्कार हत्याको अनुसन्धान प्रभावकारीरुपमा टुङ्ग्याउने विषयमा सेलिब्रिटीहरूले बोलेका हुन् ।

नायिका ऋचा शर्माले ‘इनिसाले कहिले न्याय पाउँछिन् ?’ भनेर सम्बन्धित निकायसँग जवाफ मागेकी छन् ।

उनले लेखेकी छन्, ‘शरीर नाङ्गै थियो । अपराधीले आफैँले लगाएको ज्याकेटले उसको शरीर ढाकेर छाडेको थियो । योनी घरबाट रगत बिगिरहेको थियो । न्यायक कहिले आउँछ ? न्याय कसका लागि हुन्छ ?’

बलात्कारपछि हत्या भएका ‘छोरी’हरूलाई न्याय दिने समाज कहिले जाग्ने भन्दै उनले प्रश्य उठाएकी छन् ।

उनले लेखेकी छन्, ‘निर्मला पन्त, निरु विक, इनिशा विक । अब फेरि अर्को नाम थपिने हो ? कति छोरीहरू गुमाएपछि यो समाज जाग्ने हो ? ’

नायिका सुरक्षा पन्तले बलात्कार मुक्त समाजको कुरा उठान गरेकी छन् ।

उनले लेखेकी छन्, ‘प्रिय पुरुष पात्र । केवल एक प्रश्नको उत्तर दिनुभए आभारी हुने थिएँ । बलात्कार/हत्याको जस्तो जघन्य अपराधको जड के हो ? सत्य बोल्नुहोला ।

यद्यपि, उत्तर छोरीहरूलाई ‘थाहा’ नभएको चाहिँ होइन । तर पनि हाम्रो उकुसमुकुसलाई सम्बोधन गर्नु हजुरहरूको पनि धर्म हुनुपर्ने हो ।’

त्यस्तै नायिका केकी अधिकारीले दोषीलाई कडाको सजायको माग गरेकी छन् ।

उनले लेखेकी छन्, ‘हामी प्रायः दोष अरूमा खोज्छौँ । तर कतै हामीले नै यस्तो जघन्य हिंसालाई सामान्य बनाइरहेका त छैनौँ ? दोषी नउम्कियोस्, कडा भन्दा कडा सजाय दिलाइयोस् । समाजको चेत खुलोस् । अनि बिकासको कुरा गरौँला ।’

गायक प्रकाश सपुतले यो घटनाको दोषी उम्कन नहुने दबाब दिएका छन् ।

उनले लेखेका छन्, ‘यो घटनामा कानुनले शून्य सहनशीलता अपनाओस् । र, तर, अथवा, यद्यपि भनेर अपारधिलाई उक्माउने बाहाना नखोजिओस् । हामीले थप छोरीहरू गुमाउन नपरोस् ।’

गायिका रचना रिमालले इनिसाको न्याय माग्दै यस्ता घटनामा विगतमा ज्यान गुमाएकाहरूको पनि स्मरण गराएकी छन् ।

उनले लेखेकी छन्, ‘हामी सबैले एउटा आवाज उठाउनैपर्छ । छोरीहरूलाई चुप लाग्न बाध्य बनाउने होइन, न्याय दिलाउने। अपराधीलाई जोगाउने होइन, कडा सजाय दिलाउने । पीडितलाई दोष दिने होइन, उनलाई साथ दिने । अब मौन बस्ने समय सकिएको छ । छोरीहरूको सुरक्षा कुनै विकल्प होइन, यो अधिकार हो । यो देशमा निर्मला पन्त, निरु बिक, इनिशा विक जस्ता पिडितले कहिले न्याय पाउँछन ?’

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ५ : ११ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना