ऋचाले गर्दैछिन् बिहे? ब्याचलर पार्टीमा रमाए केकी र प्रियंका « Khabarhub

ऋचाले गर्दैछिन् बिहे? ब्याचलर पार्टीमा रमाए केकी र प्रियंका


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा निर्मात्री ऋचा शर्माले आउँदो मंसिरमा बिहे गर्ने भएकी छिन् । हालै उनले आफ्ना साथीहरुलाई पोखरामा ब्याचलर पार्टी दिएकी छिन् । ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी फेसन डिजाइनर सिवांगी प्रधान लगायत उपस्थित थिए ।

उनी केही समययता दिपेक्ष्य राणाको प्रेममा छिन् । लामो समयदेखि यी दुईले बिहे गर्ने चर्चा पनि थियो । ऋचाले आउँदो मंसिरमा बिहे गर्ने चर्चा गतवर्षदेखि नै चल्दै आएको थियो ।

दिपेक्ष्य राणा राजधानीको लबिम मलका म्यानेजर पनि हुन् । यी दुईको बिहेको चर्चा चले पनि सार्वजनिक रुपमा भने ऋचा र दिपेक्ष्य कुनै पनि कार्यक्रममा देखिएका छैनन् ।

ऋचाले पछिल्लो समय चलचित्र फिल्म निर्माणमा सक्रिय थिइन् । यस्तै उनले निर्माण गरेको चलचित्र ‘आधा लभ’ पनि व्यावसायिक रुपमा असफल भएको थियो ।

ऋचालाई राम्रो अभिनय गर्ने नायिकाका रुपमा पनि लिइन्छ । सामाजिक विषय र महिला हिंसाका विरुद्धमा पनि उनी खरो रुपमा उत्रिने गर्छिन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : ५१ बजे

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा