सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता « Khabarhub

सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागी भएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहामा रहेका सञ्चारमन्त्री तिमिल्सिनाले सोमबार दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डीईसीसी) मा आयोजित सम्मेलनको उद्घाटन समारोहमा सहभागिता जनाएका हुन् ।

उनले सम्मेलनका सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको औपचारिक बैठकमा समेत भाग लिए । सो अवसरमा उनले मित्रराष्ट्रका समकक्षीहरूसँग अन्तरक्रिया गरेको नेपाली दूतावास, दोहाद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनका क्रममा आइटियूको रेडियोकम्युनिकेसन ब्युरोको निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले सञ्चारमन्त्री तिमिल्सिनासँग शिष्टाचार भेट गरेका थिए । फोर्नियरले नेपालका लागि स्पेक्ट्रम तथा भूउपग्रह कक्ष व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका थिए । उनले उक्त पदका लागि आफ्नो दृष्टिकोण तथा योजनाबारे पनि सञ्चारमन्त्री तिमिल्सिनालाई जानकारी गराए ।

त्यसैगरी, सञ्चारमन्त्री तिमिल्सिनाले इरानका सूचना तथा सञ्चार प्रविधिमन्त्री सत्तार हाशेमी र तान्जानियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा दुवै पक्षबीच आपसी हित र चासोका विषयमा छलफल भएको विज्ञप्ति जनाइएको छ ।

यसैबीच, मन्त्री तिमिल्सिना साँझ कतार सरकारद्वारा आइटियु पीपी–२६ मा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डलका लागि आयोजित रात्रिभोजमा सरिक भएका थिए ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलन दूरसञ्चार तथा सूचना प्रविधिको विश्वव्यापी नीति, नियमन र सहकार्यका विषयमा छलफल हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ८ : ४८ बजे

झिनिया आम्दानीको स्रोत

म्याग्दी– बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा

सञ्चारमन्त्री तिमिल्सिना आईटीयू सम्मेलनमा सहभागी, विभिन्न देशका समकक्षीसँग भेटवार्ता

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ

चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर

गोवर्द्धन पूजा,  गोरू तिहार र म्ह पूजाको महत्त्व

काठमाडौँ– यमपञ्चक अन्तर्गत तिहारको चौथो दिन गोवर्द्धन पूजा, गोरू तिहार र

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य