खसी माग्ने र धम्की दिने प्रहरीलाई कारवाही होस्– कांग्रेस « Khabarhub

खसी माग्ने र धम्की दिने प्रहरीलाई कारवाही होस्– कांग्रेस


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्ष हेमबहादुर शाहीमाथि विभागीय कारवाही गर्न माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो माग गरेका हुन् ।

‘धम्कीको रेकर्ड सार्वजनिक छ, नेपाल प्रहरीले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस्,’ ट्वीटरमा शर्माले लेखेका छन्,‘प्रहीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई सघाउँछौं तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम्रको तीन मन्त्र पुन पढाइयोस् ।’


शुक्रवार प्रहरीले नेपाली कांग्रेस निकटको युवा संगठन नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाहसहित पाँच जनालाई लोड गरिएको पेस्तोलसहित नियन्त्रणमा लिएको जनाएको थियो ।

तर शुक्रवार दिउँसो नै एक अडियो सार्वजनिक भयो जसमा प्रहरी नायव उपरीक्षक शाहीले नेपाल तरुण दल बाँकेका कोषाध्यक्ष केश खड्कालाई मोबाइल फोन मार्फत खसी मागेको र पछि धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।

दशैं अघि आफूसँग खसी मागेको तर नदिएपछि नायव उपरीक्षक शाहीले आफूलाई धम्की दिएको कोषाध्यक्ष खड्काले बताएका छन् ।

खड्काले आफूलाई फसाउनका लागि प्रहरीले नै गाडीमा पेस्तोल राखेपनि आफू त्यसबेला घटनास्थालमा उपस्थित नभएका कारण जोगिएको र अरु साथीहरु फसेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : ४४ बजे

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं– परराष्ट्र मन्त्रालयमातहतका राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली

मौसममा पश्चिमी प्रणालीको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत