५० लाखमा बनेको थियो १७ सयकोठे सिंहदरबार « Khabarhub

५० लाखमा बनेको थियो १७ सयकोठे सिंहदरबार


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानीबाट आज(शनिबार) प्रकाशित प्रायः सबै दैनिक पत्रिकाले दार्चुलामा भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु भएको, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गृहजिल्ला कास्कीमा अन्त्येष्टि गरिएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले स्वरुप फेर्दै सिंहदरबार शीर्षकको समाचार मुख्य बनाएको छ । ११६ वर्षअघि ५० लाखको लागतमा १७ सय कोठे सिंहदरबार बनेको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रतमासमेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रका रुपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । यसलाई व्यवस्थित बनाउन र स्वरुप फेर्न सरकारले गृहकार्य थालेको छ ।

त्यस्तै ढुंगाले हानेर अर्धचेत पारी युवती बलात्कार गर्ने तीन अभियुक्तलाई १० वर्ष जेल शीर्षकको समाचारमा घटनाको १५ महिनापछि जिल्ला अदालतले गोदावरीका विशालध्वज कार्की, रघु सिलवाल र पवन कुँवरलाई १०–१० वर्षको जेल सजाय सुनाएको हो ।

२ मंसिर ०७४ को राति गोदाचौरकी २१ वर्षीया युवतीलाई उनीहरुले ढुंगाले हानी अर्धचेत अवस्थामा बलात्कार गरेको खुलासा भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ६ : २९ बजे

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ