‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक « Khabarhub

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ ।

निर्माण कम्पनी पट्कोण आर्ट्सले काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि गीत सार्वजनिक गरेको हो ।

दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको यस गीतमा नायिका स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यू कलाकार विशाल देवकोटा फिचर्ड छन् ।

प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा स्वस्तिमा र समाइराको नृत्यलाई केन्द्रमा राखिएको छ ।

यो गीतको सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेखेका हुन् । यो फिल्मको प्रदर्शन मिति वैशाख १८ लाई तोकिएको छ ।

गीतको लिंक : https://www.youtube.com/watch?v=N7y1d5mbO3Q

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ७ : ५० बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा