विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ « Khabarhub

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने ४३ वर्षीय रविरत्न चुडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

उनले भने, ‘साङ्केतिक नाम ०८२ धरान ३८ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविरत्न चुडाल भएको विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा फरार रहेका निजलाई काठमाडौँ–४ सुकेधाराबाट पक्राउ गरिएको हो ।’

निजलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरी पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए  । 

त्यसैगरी, निजविरुद्ध २०६७ जेठ १९ गते लागुऔषध नियन्त्रण ब्यूरोबाट लागुऔषध (चरेस)सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ८ : १२ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया