एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल « Khabarhub

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले एल्चेमाथि शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलको सुरुवादेखि नै आक्रामक देखिएको रियलले एल्चेमाथि ४–१ गोल अन्तरको जित निकालेको हो ।

रियलको जितमा एन्टिनिओ रुडिगरले २९ औँ मिनेटमा पहिलो गोल गरे भने पहिलो हाफको अन्तिम मिनेटमा फेडेरिको भाल्भर्डेले दोस्रो गोल गरे ।

रियल पहिलो हाफमा २–० ले अगाडि थियो । थप तीन गोल दोस्रो हाफमा भएका हुन् ।

दोस्रो हाफको ६६ मिनेटमा रियलका डिनो ह्युसेनले तेस्रो गोल गरेका हुन् । तीन शून्यले पछाडि परेको एल्चेलाई रियलका म्यानुएल एन्जेलले खेलको ८५ औँ मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । यो गोल उपहारसँगै खेल ३–१ को अन्तरमा पुगेको थियो ।

खेलको ८९ औँ मिनेटमा युवा स्टार अर्दा गुलेरले रियलका लागि चौथो गोल गर्दै ४–१ को जित निश्चित गरेका हुन् । यो जितसँगै रियलले तालिकामा तीन अंक थपेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ६ : ०७ बजे

देउवाले सभापति लेख्दा कांग्रेसको आपत्ति

काठमाडौं– नेपाली कांग्रेसले सभापतिको नेमप्लेट र पार्टीको लेटरप्याड अनधिकृत रूपमा

महामन्त्रीको संयोजकत्वमा ‘राइट टु रिकल’ समिति बन्ने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ‘राइट टु

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च पुगे देउवा र खड्का

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशन

ड्रम बजाउने र नाच्ने मान्छेले वाचा पूरा गर्न नसकेपछि ‘भोट फिर्ता लैजाऊ’ भने : आनन्दप्रसाद ढुंगाना

काठमाडौं– नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले आफ्ना

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।