पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने « Khabarhub

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ ।

मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति र मूल्यमा प्रभाव पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो ।

प्रशासनले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कारोबार गर्ने डिलर, डिस्ट्रीब्युटर तथा व्यवसायीहरूले कृत्रिम अभाव सृजना गर्ने उद्देश्यले अनावश्यक रूपमा मौज्दात गर्ने, लुकाइछिपाइ भण्डारण गर्ने वा बिक्रीवितरणमा अवरोध पुर्याए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

त्यस्तै उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ तथा ग्यास भण्डारण नगर्न आग्रह गरिएको छ । इन्धनको अनावश्यक प्रयोग नगरी मितव्ययी प्रयोग गर्न तथा सम्भव भएसम्म वैकल्पिक ऊर्जाका स्रोत, विशेषगरी विद्युतीय उपकरण (इन्डक्सन चुलोलगायत) प्रयोग गर्न प्रशासनले अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए ।

कानुनविपरीत कृत्रिम अभाव सृजना गर्ने व्यक्ति, फर्म वा संस्थाबारे जानकारी पाएमा सम्बन्धित निकायलाई सूचित गर्न पनि प्रशासनले सबैमा अपिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ७ : ०४ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न