लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने « Khabarhub

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा पार्क निर्माण हुने भएको छ । स्वीस सरकार विकास सहयोग एसडीसीको प्राविधिक सहयोगमा पोखरीको पूर्वतर्फको खाली स्थानमा पार्क निर्माण गर्न लागिएको हो ।

पार्क निर्माण सम्बन्धी समझदारीपत्रमा आइतबार नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस सरकार विकास सहयोग एसडीसीको तर्फबाट साकिल मानन्धरले हस्ताक्षर गरे । नगर प्रमुख चिरीबाबु महर्जनले महानगरले हरियाली प्रवर्द्धन र खुल्ला ठाउँ सरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

निर्माण हुने यो पार्कले महानगरको खुल्ला ठाउँ संरक्षणको नीतिलाई बल पुर्‍याएको बताए । उनले पार्क निर्माणका लागि प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिए । वडा नंं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले पोखरीसँगै बन्ने पार्कले शहरलाई थप सुन्दर बनाउने दाबी गरे ।

जलवायु परिवर्तनले विश्वभरको वातावरण बिग्रदै गएको बताउँदै खुल्ला ठाउँ र हरियालीले वातावरण जोगाउन सहयोग गर्ने बताए । स्वीस सरकार विकास सहयोग एसडिसी साकिल मानन्धरले महानगरसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ७ : १२ बजे

रास्वपाले विघटन गर्‍यो रसुवा जिल्ला कार्यसमिति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा जिल्ला समितिलाई विघटन गरिदिएको छ

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो : सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सुकुम्वासी व्यवस्थापन,

 लागूऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न पठाउँदा राष्ट्रपतिले सम्झाए यसअघिका दुई निर्णय

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्र गतिमा स्तरोन्नति गरिँदै

रसुवा– गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्र गतिमा स्तरोन्नति भइरहेको छ