अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन « Khabarhub

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त संस्थाबाट स्वीकृत वा इजाजतपत्र नलिइ सञ्चालित शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था बन्द गराउन वा नवीकरण गर्न निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा यस्ता केन्द्र र संस्थाहरुले नियमित रुपमा कार्यालय सञ्चालन गर्ने गरेको ‘भिसा प्रोशेसिङ’, रोजगार प्रत्याभूत जस्ता झुटा आश्वासन दिने गरेको पाइएकाले त्यस्ता संस्थालाई कानुन अनुसार सञ्चालन हुन भनिएको छ । यो सूचनालाई अटेर गरी बसे प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ८ : ०८ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा