‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’ « Khabarhub

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा तीन जना बालबालिका र एक जना महिलाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार दुई पक्ष बीच सीमापार झडपका कारण गत हप्तामा अफगानिस्तानमा १८ जना सर्वसाधारण मारिएका थिए । आइतबार राती पाकिस्तानी सेनाले गुरबुज जिल्लाको नारी गाउँमा गरेको गोलाबारीमा एक महिला र एक बच्चाको मृत्यु भएको पूर्वी खोस्ट प्रान्तका गभर्नरका प्रवक्ता मुस्तघफिर गुरबुजलाई उदृत गर्दै एएफपीले जनाएको छ । 

स्वास्थ्य क्लिनिक र अर्को गाउँमा भएको गोलाबारीमा एक जना महिलासहित चार जना घाइते भएको जनाइएको छ भने घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अफगानको खोस्त क्षेत्रमा आइतबार भएको पाकिस्तानी गोलाबारीमा दुई जना  बालबालिकाको मृत्यु भएको गभर्नरको कार्यालयले विज्ञप्ति मार्फत जनाएको हो ।

आइतबार पूर्वी नुरिस्तान प्रान्तमा गोलाबारी हुँदा एक व्यक्तिको मृत्यु भएको सरकारका उप प्रवक्ता हमदुल्ला फित्रतले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् ।

यस अघि शुक्रबार अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसनले फेब्रुअरी– २६ मा पाकिस्तानसँगको झडपमा ७५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ ।

इस्लामाबादले अफगानिस्तानलाई पाकिस्तानी तालिवान (टिटिपी) का लडाकुहरूलाई शरण दिएको आरोप लगाएको छ भने अफगान तालिवान अधिकारीहरूले उक्त आरोप अस्वीकार गरेका छन् ।

गत अक्टोबरमा दुई देशबिचको लडाइँमा दर्जनौँ मानिस मारिए पछि बन्द भएको सीमा  मध्यस्थता पछि सहज भएको थियो । तर फेब्रुअरी– २६ मा अफगानिस्तानले पाकिस्तानी हवाई आक्रमणको बदलामा सीमा आक्रमण सुरु गरेपछि द्वन्द्व फेरि भड्किएको थियो ।

त्यसपछि पाकिस्तानले फेब्रुअरी – २७ मा राजधानी काबुलमा बमबारी गर्दै तालिबान अधिकारीहरू विरुद्ध “खुला युद्ध“ घोषणा गरेको थियो

पछिल्लो समयमा बारम्बारको सीमा द्वन्द्वले व्यापार स्थिर भएको र करिव ११ लाख भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएको  संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ ।

विश्व खाद्य कार्यक्रमले आइतबार २० हजार भन्दा बढी विस्थापित अफगान परिवारलाई  खाना वितरण गर्न थालेको  भने थप अस्थिरताले लाखौंलाई भोकमरीमा धकेल्ने चेतावनी दिएको छ । 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ३ : ३७ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा