प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन « Khabarhub

प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको सेवा प्रवाहको नवीनतम मोडेलको निरीक्षण गरेकी छन् । 

सोमबार बबरमहलस्थीत प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनको लागि सुरु भएको सेवा प्रवाहको नवीनतम मोडेल पब्लिक अनाउन्समेन्ट सिस्टम (सार्वजनिक सम्बोधन प्रणाली) सहितको समग्र प्रणालीको निरीक्षणसहित जानकारी लिएकी हुन् ।

सो क्रममा प्रधानमन्त्री कार्कीले नागरिकलाई सहज सेवा प्रवाहका लागि सुरु गरिएको नयाँ प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

त्यस्तै उनले नयाँ प्रणालीबाट कार्यालय व्यवस्थापनमा भइरहेको गतिविधिको समेत जानकारी लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जानकारी दिए । नयाँ प्रणालीले सेवाग्राहीको समय बचत हुने र सहज रुपमा सेवा लिन सकिने उनले बताए

सेवा प्रवाहको नवीनतम मोडेललाई अन्य सरकारी सेवा प्रदायक निकायमा समेत विस्तार गर्न सकिन्छ भन्ने अभिप्रायका साथ प्रधानमन्त्रीले जानकारी लिएको पौडेलले उल्लेख गरे । निरीक्षणमा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याललगायत सहभागी थिए ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ४ : २३ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका