प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन « Khabarhub

प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको सेवा प्रवाहको नवीनतम मोडेलको निरीक्षण गरेकी छन् । 

सोमबार बबरमहलस्थीत प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनको लागि सुरु भएको सेवा प्रवाहको नवीनतम मोडेल पब्लिक अनाउन्समेन्ट सिस्टम (सार्वजनिक सम्बोधन प्रणाली) सहितको समग्र प्रणालीको निरीक्षणसहित जानकारी लिएकी हुन् ।

सो क्रममा प्रधानमन्त्री कार्कीले नागरिकलाई सहज सेवा प्रवाहका लागि सुरु गरिएको नयाँ प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

त्यस्तै उनले नयाँ प्रणालीबाट कार्यालय व्यवस्थापनमा भइरहेको गतिविधिको समेत जानकारी लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जानकारी दिए । नयाँ प्रणालीले सेवाग्राहीको समय बचत हुने र सहज रुपमा सेवा लिन सकिने उनले बताए

सेवा प्रवाहको नवीनतम मोडेललाई अन्य सरकारी सेवा प्रदायक निकायमा समेत विस्तार गर्न सकिन्छ भन्ने अभिप्रायका साथ प्रधानमन्त्रीले जानकारी लिएको पौडेलले उल्लेख गरे । निरीक्षणमा प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याललगायत सहभागी थिए ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ४ : २३ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला