चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान « Khabarhub

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।

अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना विद्यार्थी भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक कमल थानीले जानकारी दिए ।

प्रतिष्ठानले यो वर्ष चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबिबिएस) पढ्नका लागि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा निर्धारण गरेको थियो । जसमध्ये ४५ जना नेपाली विद्यार्थी र पाँच जना भारतीय विद्यार्थी गरी जम्मा ५० जना विद्यार्थी यो वर्ष भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाका निर्देशक थानीले बताए।

पहिलो वर्ष एमबिबिएस अध्ययन गर्नेका लागि चिकित्सा शिक्षा आयोगले २० जनाको कोटा निर्धारण गरेको थियो । दोस्रो वर्ष ३०, त्यसपछि तेस्रो र यो वर्ष ५०-५० जनाको कोठा दिएको प्रतिष्ठानका निर्देशक थानीको भनाइ छ ।

प्रतिष्ठानले एमबिबिएसको अध्यापन गर्न थालेको पनि चार वर्ष हुँदै छ र चौथो ब्याच पढ्न आएका विद्यार्थीलाई स्वागत गरिएको छ । चिकित्सक शास्त्रबाहेक अरू संकायअन्तर्गत बी–पिएच, बी–फार्मेसी, बिएस्सी नर्सिङ र बिएनएसको २०-२० जनाको कोटा पाएको प्रतिष्ठानका निर्देशक थानीले जानकारी दिए ।

दुर्गम भौगोलिक अवस्थाका कारण वर्षौंसम्म विकासका अवसरबाट टाढा रहेको जुम्ला पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको नयाँ केन्द्रका रूपमा उभिन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पुजन रोकायाले बताए।

समग्र माथिल्लो कर्णालीको स्वास्थ्य सेवा प्रवाहसँगै चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थीहरूको आकर्षणको केन्द्र प्रतिष्ठान बन्दै गएको उपकुलपति रोकायाको भनाइ छ ।

प्रतिष्ठानको नयाँ शैक्षिक सत्र २०८२ का लागि भारतका पाँच जनासहित कुल १३० जना विद्यार्थी विभिन्न संकाय स्वास्थ्यसम्बन्धी विषय अध्ययन गर्न प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबलबहादुर धामीले जानकारी दिए ।

प्रतिष्ठानमा अहिले एमबिबिएस, बी–एनएस, बी–फार्मेसी, बिएससी नर्सिङ, बी–पिएचलगायतका विषय अध्ययन हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ४ : १० बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका