पिउनै नहुने ‘इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’ « Khabarhub

पिउनै नहुने ‘इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय पदार्थको बिक्री बढ्दै गएको छ ।

आकर्षक प्याकेजिङ, आकर्षक विज्ञापन र मिठो स्वादका कारण धेरैले त्यस्ता पेय पदार्थलाई मन पराएर पिउने गरेका छन् ।

ती पेय पदार्थ पिउँदा आफ्नो शरीरलाई कति हानी गर्छ वा गर्दैन भन्नेबारे उपभोक्ताले ध्यान नदिएको पाइन्छ। तर, इनर्जी ड्रिंकले मानिसमा ढिलो वा चाँडो गम्भीर असर गर्ने विज्ञ बताउँछन् ।

पछिल्लो समय बजारमा इनर्जी ड्रिंकको नाममा नयाँ नयाँ पेय पदार्थ भित्रिएका छन् । निकै आकर्षक विज्ञापनसहित बजारभरि बिक्रीमा राखिएको उक्त पेय पदार्थको बिक्रीदर बढ्दो छ । तर, त्यो पेय पदार्थ नियमित पिउँदा स्वास्थ्यमा गम्भीर ससम्या आउन सक्ने देखिएको छ ।

के मिसाइएका हुन्छन् इनर्जी ड्रिंकमा ?

बजारमा पाइने ड्रिंकमा साधारणदेखि शरीरलाई गम्भीर हानी गर्ने तहका वस्तुहरूको मिसावट गरिएको पाइएको छ । त्यस्ता पेय पदार्थहरूमा कार्बोनेट वाटर ग्लुकोज–फ्रुक्टोज स्यारुप एसिडिटी रेगुलेटर (इ ३३१, इ ३३०) मिसाइएको पाइन्छ । त्यसमध्ये ग्लुकोज–फ्रुक्टोज स्यारुपको धेरै सेवन गर्दा मधुमेहको जोखिम बढ्छ ।

त्यस्तै, त्यस्ता ड्रिंक्समा इ १५०डी र ई१०४ रङको प्रयोग गरिएको छ । जुन रङ बारम्बार सेवन गर्दा स्वास्थ्यमा दीर्घकालीन जोखिम हुने चिकित्सक नै बताउँछन् । अझ गम्भीर कुरा ई१०४ रङले बालबालिकामा अति चञ्चलता बढाउन सक्ने भएकाले कतिपय देशले यसको प्रयोगमा सीमितता लागू गरेका छन् ।

यसका साथै, बजारमा पाइने इनर्जी ड्रिंकमा माथि उल्लेखितबाहेक अन्य धेरै क्याफिन, टाउरिन, फ्लेवर, प्रिजरभेटिभ लगायत कृत्रिम वस्तुहरूको पनि प्रयोग गरिएको हुन्छ ।

@drmaniishyadav Energy Drink side effects in kids #healthylifestyle #fyp #nepal #election ♬ original sound – Just Diabetes: Dr Manish

उनले त्यस्तो साइड इफेक्टको गम्भीर असर १८ वर्षभन्दा मुनिका सबैलाई हुने बताए । उनले १५ देखि १८ वर्षसम्म उमेरकालाई जोखिम र १३ वर्षभन्दा कम उमेरकालाई विशेष जोखिम हुने समेत बताएका छन् ।

यसका साथै, यस्तो ड्रिंक्समा पाइने क्याफिनले बच्चामा विशेष प्रकारको साइड इफेक्ट गराउने समेत उनको भनाइ छ । 

‘एन्जाइटी, इरिट्याबलिटी त्यसैगरी एजिटेसन, एकदमै चिटचिट गर्ने बच्चा, निद्रा नलाग्ने जस्तो समस्या, बिहेभियर समस्या कहिले एग्रेसिभ भइदिने, पुअर कन्सन्ट्रेसन केही कुरामा ध्यान केन्द्र गरेर बस्न नसक्ने त्यो सँगै हातखुट्टा काँप्ने, टाउको दुख्ने यस्ता लक्षणहरू यिनीहरूमा देखिन्छन्’, उनले भनेका छन् ।

डा. यादवले कुनै समयमा यस्तो ड्रिंक्स बढी भयो भने मुटुको चालमा नै असर पुर्याउन सक्ने समेत बताएका छन् । साथै, बालबालिकाले नियमित प्रयोग गरे भने एडिक्सन समेत हुन सक्ने उनको भनाइ छ ।



प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ७ : ४६ बजे

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द