शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ « Khabarhub

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

ओलीकै नेतृत्वमा एमाले उँभो लाग्छ, अहिले नेतृत्व फेर्दैनौँ


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकेको स्वीकारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘योभन्दा राम्रो पोजिसन आउँछ भन्ने थियो । एमालेप्रति वितृष्णाको स्वर सामना गर्नुपरेको थिएन। जनताको समर्थन पाएकै थियौं’, उनले भने, ’परिणाम आएपछि धन्यवाद दिन जाँदा पनि जनताले साथ दिएका छन् । जनताले अन्त भोट हालेजस्तो लाग्दैन । तर परिणाम हेर्दा हामीलाई मत धेरै आएन ।’

एमालेले ६ महिनाअघिमात्रै एघारौँ महाधिवेशन गरेर आएकोले अहिले नै नेतृत्व र नीति परिवर्तनको बहस चलाउन नहने उनको दाबी छ ।

‘हाम्रो पार्टीमा यही नीति र नेतृत्वको निरन्तरता हुन्छ, एक वर्षभित्र हामी यही नेतृत्वमा पार्टीलाई रिभाइभ गर्छौँ,’ उनले भने, ‘हाम्रो पार्टीको छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । समग्रता त्यहीँ छलफल गर्नेछौँ ।’

रास्वपालाई प्राप्त भएको मतको विश्लेषण गर्नुपर्ने तामाङले बताएका छन् ।

‘रास्वपाले राम्रो जनमत प्राप्त गरेको छ । दुईतिहाइको सफलता प्राप्त गरेको छ । जनताले पनि रास्वपालाई अभूतपूर्व मत दिएका छन् । तर त्यो मत कसरी प्राप्त भयो भन्ने कुराको छलफल गर्न र जाँच्न बाँकी नै छ’, उनी भन्छन्, ‘कुनै निर्वाचन क्षेत्रको मतपत्रलाई अझै राम्रोसँग केमिकल जाँच गरौँ भन्न चाहन्छु । त्यसपछि के भएको हो अझै गहिरिएर जान्छ । रास्वपालाई बधाई भनेका छौँ । शुभकामना पनि दिएका छौं ।’

उनले सदनभित्र आफूहरूको आवाज दबाउने चेस्टा गरिए सडकमा उत्रिने चेतावनी पनि दिए । ‘सुशासनको सवालमा सार्वजनिक पदमा बस्नेको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बन्नुपर्छ । २०४८ यता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गरौँ ।’

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ५ : २४ बजे

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने