चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै « Khabarhub

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ  प्रत्यक्ष उडानहरू पुन : सुरु गर्ने तयारी गरेको एयर चाइनालाई उदृत गर्दै एएफपीले जनाएको छ । यस अघि दुई राजधानीहरू बीच रेल सेवाहरू छ वर्षको अवरोध पछि  गत बिहीबार देखि पुनः सुरु भइसकेको जनाइएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो भने कूटनीतिक, आर्थिक र राजनीतिक समर्थनको मुख्य स्रोत हो । यद्यपि, कोभिड – १९ महामारीको समयमा सीमा बन्द भए पछि सन् २०२० देखि दुई देश बीचको यात्रामा कटौती गरिएको थियो ।

फ्लाइट सिए – १२१ बेइजिङ एयरपोर्टबाट प्योङयाङका लागि प्रस्थान गर्ने र सोही दिन फिर्ती उडान गर्ने कार्यक्रम तय गरिएको छ ।

उत्तर कोरियाको सरकारी एयर कोर्योले सन् २०२३ मा बेइजिङबाट प्योङयाङ जाने उडान पुनः सुरु गरेको थियो । चिनियाँ ट्राभल एजेन्सीहरूले सामाजिक सञ्जालमा उत्तर कोरियाका लागि भ्रमण प्याकेजहरूको विज्ञापन गर्न थालेका छन्, यद्यपि पर्यटन पुनः सुरु भएको कुनै आधिकारिक पुष्टि भने भएको छैन ।

पहिलो यात्रुहरू विद्यार्थी, कामदार र सीमापार पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू हुने अपेक्षा गरिएको छ । उडानको घोषणा पर्यटनका लागि आशाजनक भए पनि पश्चिमी पर्यटकहरूका बारेमा अझै कुनै पुष्टि भएको छैन ।

सन् २०१९ पछि पहिलो प्योङयाङ म्याराथनमा भाग लिन केही विदेशी पर्यटकहरूले सन् २०२५ अप्रिल मा उत्तर कोरिया भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ६ : ०५ बजे

प्रतिनिधिसभा बैठक :  कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका