पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान « Khabarhub

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यमा मनोनीत भएकी भूमिका श्रेष्ठलाई कलम उपहारसहित सम्मान गरेको छ ।

सोमबार सोसाइटीको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा मनोनीत श्रेष्ठलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आवाज सदनसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् । उनले समुदायका मुद्दा उठाउन सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको बताइन् ।

सोसाइटीकी पूर्वअध्यक्ष पिंकी गुरुङले लामो संघर्षपछि समुदायको प्रतिनिधित्व संसदसम्म पुगेको भन्दै यसले नयाँ आशा जगाएको बताइन् ।

त्यस्तै, सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले सांसद श्रेष्ठलाई कलम उपहार प्रदान गर्दै विभेदकारी कानुनहरू खारेज गर्न पहल गर्न सुझाव दिइन् ।

भूमिका श्रेष्ठ ट्रान्सजेन्डर महिलाको रूपमा पहिलोपटक संसदमा प्रतिनिधित्व गर्न लागेको बताइएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ६ : ४६ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान,

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा

पछिल्लो २४ घण्टामा १८ विपद्का घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा १८ वटा विपद्का घटना दर्ता

 एनएमबि बैंकका ग्राहकलाई मेदांता अस्पतालमा छुट

काठमाडौं – एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक

भैँसीपालनमा रमाउँदै अर्जुन, ११ वर्ष कतारमा बगाएका थिए पसिना

झापा– भद्रपुर नगरपालिका–१ का ३९ वर्षीय अर्जुन सुवेदीको गोठमा भैँसीका