धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन « Khabarhub

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक राखेर फिल्म ‘पाँच पाण्डव’को छायाङ्कन सुरू गरिएको छ ।

निर्देशक वसन्त निरौलाले झापाको काँकडभिट्टाबाट सोमबारदेखि फिल्मको छायाङ्कन सुरू गरेका हुन् ।

यस फिल्ममा पाँचजना नायकहरू हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल ‘बले’ छन् ।

महिलातर्फ शीर्ष कलाकारको भूमिका दीपाश्री निरौला र जनी गुरुङ छन् ।

गत कात्तिकमा यो फिल्मको निर्माण घोषणा गर्दा हरिवंश, धुर्मुस, जितु नेपाल र सागर पाँच पाण्डवको भूमिकामा देखिने बताइएको थियो ।

तर फिल्म घोषणा भएपछि छोरीको उपचारको कारण देखाउँदै धुर्मुस अमेरिका हान्निए । उनी उतै बस्ने गरी गएको चर्चा फिल्मी वृत्तमा छ ।

उक्त खबर बाहिरिएपछि जनस्तरबाट पैसा उठाएर बनाउन थालिएको चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पूरा गर्न नसेककाले धुर्मुस विदेशिको चर्चा चलेको थियो ।

निर्देशक निरौलाले छोरीको उपचार गराएर ‘धुर्मुस’ फर्किएपछि फिल्मको छायाङ्कन सुरू गर्ने बताउँदै आएका थिए ।

धुर्मुस नेपाल फर्किने छनक नदेखिएपछि निरौलाले उनको स्थानमा आर्यनलाई लिएर छायाङ्नमा निस्किएका हुन् ।

काली रानी फिल्मसको ब्यानरमा बन्ने यस फिल्मका लेखक सुशील पौडेल र निर्माता नवीन श्रेष्ठ हुन् ।

४० दिनको छायाङ्कन तालिका लिएर निर्देशक निरौला यतिबेला झापा पुगेका छन् । फिल्मको सबै भाग झापामै छायाङ्कन हुने उनले बताए ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : ४० बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज