नेकपाको सचिवालय बैठक शुरु, उपनिर्वाचनका उम्मेदवार टुंग्याइने | Khabarhub Khabarhub

नेकपाको सचिवालय बैठक शुरु, उपनिर्वाचनका उम्मेदवार टुंग्याइने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ ।

बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिँदै गर्दा नेकपाले उम्मेदवार तोक्न लागेको हो ।

उपनिर्वाचन हुने जिल्ला तथा क्षेत्रबाट पार्टीका कमिटीले संभावित उम्मेदवारको सूची पठाइसके पनि केन्द्रबाट भने निर्णय हुन सकेको छैन ।

बैठकले उपनिर्वाचन हुने ठाउँका प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा वडाध्यक्षका लागि उम्मेदवार तोक्ने महासचिव पौडेले बताए ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुनेछ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने अन्तिम म्याद २१ कात्तिक बिहान १० बजेदेखि दिउँसो १ बजेलाई तोकेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : १० बजे

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प

वाशिङ्टन – इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति

टी-२० सिरिज- आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार