इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ « Khabarhub

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी भिडियो प्रसारण गर्नेहरू विरुद्ध कडा कारबाही थालेको छ।

इरानी आक्रमणसम्बन्धी भिडियो सामाजिक सञ्जालमा शेयर गरेको आरोपमा तीन नेपालीसहित आप्रवासी कामदारहरू संयुक्त अरब इमिरेट्स (यूएई)मा पक्राउ परेका छन्।

यस क्रममा विभिन्न देशका नागरिकसँगै तीन नेपाली पनि पक्राउ परेका त्यहाँ महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। पक्राउ पर्ने नेपालीको नाम गल्फ न्युजले छोटकरीमा खुलाएको छ । पहिलो नेपालीको परिचय एम.एम.का रूपमा दिइएको छ। त्यस्तै दोस्रो नेपालीको नाम पी।एस राखिएको छ । पक्राउ परेका तेस्रो नेपालीको नाम एच.ए. रहेको छ ।

अधिकारीहरूका अनुसार ती व्यक्तिहरूले मिसाइल तथा ड्रोन आक्रमणसँग सम्बन्धित भिडियो, विस्फोटका दृश्य र सुरक्षा प्रणालीले आक्रमण रोकिरहेको फुटेज अनलाइनमा पोस्ट गरेका थिए। कतिपय भिडियो वास्तविक भए पनि केही सामग्री भ्रामक वा कृत्रिम रूपमा तयार गरिएको भएको बताइएको छ।

यूएई अभियोजक कार्यालयले यस्तो सामग्री सार्वजनिक सुरक्षा, स्थिरता र राष्ट्रिय सुरक्षामा असर पार्ने भन्दै कारबाही गरेको जनाएको छ। आरोपितहरूले आक्रमण रोकिएको दृश्य, जमिनमा खसेका प्रक्षेपास्त्रका टुक्रा र घटनास्थल आसपासका भीडका भिडियो समेत प्रसारण गरेको अनुसन्धानमा खुलासा भएको छ।

यसअघि पनि यूएईले इरानी आक्रमणसँग सम्बन्धित भिडियो वा तस्बिर शेयर गर्ने विदेशी नागरिकहरूलाई पक्राउ गर्दै आएको छ। यस्तो सामग्री फैलाएमा कम्तीमा एक वर्ष कैद र ठूलो जरिवाना हुन सक्ने चेतावनी दिइएको छ। क्षेत्रीय तनाव तीव्र भइरहेका बेला सरकारले आधिकारिक स्रोत बाहेकका जानकारी नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १० : ०० बजे

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र