यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग « Khabarhub

यौनकर्मी महिलाको मुद्दामा भावी प्रधानमन्त्री बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यौनकर्मका लागेका लाखौं नेपाली महिलाहरूको मानवधिकार र न्यायबारे सरोकार राख्न आस्था-फेथले भावी प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेको छ ।

पछिल्लो दुई दशकदेखि यौनकर्मी महिलाहरूको स्वास्थ्य र मानवअधिकारका लागि काम गर्दै आएको संस्था ‘आस्था-फेथ’की कार्यकारी प्रमुख रिना लामाले उक्त पत्र सार्वजनिक गरेकी हुन् ।

यस संस्थाले तीन हजार यौनकर्मीका अनुभवका आधारमा निर्माण गरेको फिल्म ‘लालिमा’ फागुन २९ देखि प्रदर्शनरत छ । कार्यकारी प्रमुख रिना भन्छिन्, ‘यौनकर्मीको मानवअधिकार हननको विषय उजागर गर्न हामीले फिल्म बनाएका हौं ।’

यो फिल्म केबल कथा मात्र नभई हजारौं यौनकर्मीहरूको आवाजको सामूहिक दस्ताबेज भएको दाबी गरिएको छ।

उक्त पत्रमा लाखौं यौनकर्मी महिलाहरूले हिंसा, दुर्व्यवहार र सामाजिक बहिस्कारको सामना गरिरहेको उल्लेख गरिएको छ ।

‘यौनकर्मीहरूमध्ये धेरै दैनिक रूपमा दुर्व्यवहार, विभेद र आधारभूत मानवअधिकारबाट वञ्चित हुने गर्दछ । तर उनीहरूको अनुभवहरू नीतिगत बहसमा प्रवेश विरलै पाइन्छ । र जब समायोजित हुन्छन् प्रायः अपराध वा नैतिकताको दृष्टिकोणबाट मात्र गलत रूपमा बुझिने वा प्रस्तुत गरिने गरिन्छ,’ उक्त पत्रमा उल्लेख गरिएको छ ।

यस पत्रमाका बालेनलाई ती महिलाहरूको मानवअधिकार सुनिश्चित गर्नका लागि संवादको निम्तो दिइएको छ ।

पत्रमा राज्यले यौनकर्मीहरूलाई मानवका रुपमा सम्मान-सुरक्षा ध्यान दिनुपर्ने र उनीहरूको उत्थानका लागि नीतिगत सुधार आवश्यक रहेको औंल्याइएको छ ।

कार्यकारी निर्देशक लामाले पत्रको अन्त्यमा लेखेकी छिन्, ‘वास्तवमै समावेशी राष्ट्र निर्माण गर्नु भनेको भेदभाव र सीमान्तकृत जीवन बिताइरहेका नागरिकहरूको समेत सुरक्षा सुनिश्चित गर्नु हो। राष्ट्र तब मात्र बलियो बन्छ जब उसले आफ्ना अति सीमान्तकृत नागरिकहरूको अधिकार र मर्यादाको संरक्षण गर्छ ।’

यस पत्रले सामाजिक सुधार र मानवअधिकारको क्षेत्रमा नयाँ बहस सिर्जना गर्ने लामाको विश्वास छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १२ : १७ बजे

कार्यदलको प्रतिवेदनले ओलीलाई तनाव, भने- यो मलाई चाहिँदैन, पढ्नु पनि छैन’

काठमाडौं- गत फागुन २१ को चुनावी धक्कापछि नेकपा एमालेभित्र सुरु

ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले ग्याँसको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको