बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण « Khabarhub

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः नयाँ आक्रमण भएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार स्थानीय समयअनुसार बुधबार बिहान सबेरै दूतावास क्षेत्रमा विस्फोटका आवाज सुनिएका थिए।

सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै एएफपीका पत्रकारले उच्च सुरक्षा घेराभित्र रहेको ‘ग्रिन जोन’ क्षेत्रमा विस्फोट भएको जानकारी दिएका हुन्। उक्त क्षेत्रमा अमेरिकी दूतावासका साथै अन्य विभिन्न देशका कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संघसंस्थाका कार्यालय रहेका छन्।

इजरायल–हमास युद्ध सुरु भएयता इराकस्थित अमेरिकी सैन्य ठेगाना र दूतावासलाई लक्षित गरी पटकपटक आक्रमण हुँदै आएका छन्।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : १३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म