चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी « Khabarhub

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्याकालीन सफारीको सम्भावना रहेकाले यसको अध्ययन तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय सक्रिय भएको छ ।

यहाँका सामुदायिक वनसँग आम्दानी र जैविक पर्यटनलाई जोड्न कार्यालयले अध्ययन थालेको हो । सोहीअनुरूप मङ्गलबार डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यसहित भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा वातावरण विज्ञान अध्ययनरत विद्यार्थी, शिक्षक, संरक्षणकर्मी तथा नेचर गाइडहरूको टोलीले सो क्षेत्रमा पदयात्रा (हाइकिङ) गरी अध्ययन र अवलोकन अघि बढाएको छ ।

पदयात्रा क्रममा यहाँ आवश्यक पूर्वाधार, वन्यजन्तु, चराचुरुङ्गी, बनस्पति, सुरक्षा व्यवस्था र भ्यू पोइन्ट व्यवस्थापनको अवलोकन गरिएको थियो । जिल्लाको इच्छाकामनाबाट सुरु हुने खगेरी खोला सिँचित क्षेत्रले जैविक पर्यटनका लागि सम्भावना प्रदान गरेको हुँदा यस क्षेत्रमा पदयात्रा र सन्ध्याकालीन सफारी महत्वपूण कार्य हुने सरोकारवालाहरूले बताएका छन् ।

डिभिजन प्रमुख आचार्यले यस विकासका लागि दूरदृष्टिसहित योजना बनाएर अघि बढेको बताउँदै उनले भने, ‘चितवनको पर्यटन भन्नासाथ सौराहा र कसरा मात्रै हेर्ने गरिन्छ, तर डिभिजन वन कार्यालयको क्षेत्राधिकारभित्र रहेका सामुदायिक वन क्षेत्र राम्रो पर्यटन गन्तव्य हुन सक्छन् ।’

उनले उक्त क्षेत्र ताल–तलैया, घाँसे मैदानको अवस्थाका कारण वन्यजन्तु व्यवस्थापन र पर्यटनका लागि नेपालको एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्ने बताए ।

पर्यटनका लागि जिप सफारी सञ्चालन गरिएको छ । त्यहाँ हाइकिङ र सन्ध्याकालीन सफारी पनि गर्न सकिन्छ । यस क्षेत्रमा सन्ध्याकालीन सफारीका लागि नयाँ अभ्यास गर्न सकिन्छ । निकुञ्जमा सन्ध्याकालीन सफारी सम्भव नभएकाले यहाँ साँझको समयमा वन्यजन्तु अवलोकन गर्न सफारी सञ्चालन गर्न सकिने डिभिजन प्रमुख आचार्यले जानकारी दिए । सोहीअनुसार कार्ययोजना तयार पार्न लागिएको उनको भनाइ छ ।

चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङले सामुदायिक वनले रुख–दाउरा मात्रै बिक्री गरेर नभई फरक ढङ्गले पर्यटन प्रवर्द्धनमार्फत आम्दानी गर्ने उद्देश्यले जिप सफारी तथा पर्यटन गतिविधिलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

उनले वन कार्यालयसँगको समन्वयमा हाइकिङको सम्भावना अध्ययन गरिएको र यसबाट क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष गुरुङका अनुसार यहाँ पर्यटकले रात बिताउन सक्ने गरी मचानघर निर्माण समेत गरिएको छ ।

उक्त क्षेत्रबाट बाघ, गैँडा लगायतका वन्यजन्तु अवलोकन गर्न सकिने तथा विभिन्न चराचुरुङ्गीसमेत देख्न पाइने उनले बताए । डिभिजन वन कार्यलयले पर्यटन प्रवर्द्धनका लागि हौसला थप्दै सक्रियता देखाएकामा खुशी व्यक्त गर्दै, यस क्षेत्रको पर्यटन विकासका लागि आफूहरू सक्रिय रहने अध्यक्ष गुरुङले बताए ।

पञ्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्णिप्रसाद बगालेले यहाँ सिमसार क्षेत्र, सिसौ वन, साल वन, खयर लगायत विभिन्न जडीबुटी भएको जङ्गल रहेको बताए ।

उनले यो क्षेत्र राजमार्ग र सौराहा नजिक रहेकोले पर्यटकका लागि थप आकर्षक गन्तव्य हुन सक्ने बताए । अध्यक्ष बगालेका अनुसार गत पुसदेखि यहाँ जिप सफारी सञ्चालन गरिएको छ र त्यसको सफलता देखिएकाले अब हाइकिङ र सन्ध्याकालीन जिप सफारीको सम्भावना छ ।

यसले पर्यटकका लागि नयाँ गन्तव्य सिर्जना गर्ने र वन उपभोक्ताका लागि थप आयको स्रोत बन्नेछ । पञ्चकन्या, चर्तुमुखी र भीमवली सामुदायिक वनमा सन्ध्याकालीन जिप सफारीको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : २३ बजे

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला

सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी

सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३ ०८४

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो

सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता