मन्त्रिपरिषदको आकस्मिक बैठक स्थगित, प्रदेश प्रमुख नियुक्तिको मिति टर्‍यो « Khabarhub

मन्त्रिपरिषदको आकस्मिक बैठक स्थगित, प्रदेश प्रमुख नियुक्तिको मिति टर्‍यो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषदको ‘आकस्मिक’ यसअघि डेढ घण्टा सारेर साढे ६ बजेका लागि बोलाइएको थियो । बैठकले प्रदेश प्रमुख सिफासिर गर्ने तयारी थालेको थियो ।

तर, सचिवालय सदस्यहरुले प्रदेश प्रमुख नियुक्तिका लागि थप गृहकार्य आवश्य रहने भनेपछि आइतबार बस्ने भनिएको बैठक स्थगित भएको हो । अर्को बैठक विहान ११ बजेका लागि बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

आइतबार बिहान ११ बजे समेत मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकले त्रिवि उपकुलपति, मडिकल काउन्सिल अध्यक्ष नियुक्ति र प्रदेश प्रमुख पदमुक्तका लागि सिफारिस गर्ने लगायतका निर्णय गरेको थियो ।

सरकारको सिफासिर अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ३६ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार